बालिका बाल्टिनमा डुबेर मृत्यु

विहीबार, ०९ माघ २०७६, १० : ५५

जिल्लाको कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर १२ महिनाकी एक बालिकाको मृत्यु भएको छ । 

नगरपालिका–८ अगर्वा बस्ने सरोजकुमार यादवको छोरी नन्दनी यादव खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिए । 
 

विहीबार, ०९ माघ २०७६, १० : ५५

प्रतिक्रिया