मौसमी फ्लुको प्रकोप नियन्त्रण गर्न विशेष व्यवस्था गर्न माग

विहीबार, १६ माघ २०७६, १८ : ००

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कर्णाली प्रदेशको हुम्लामा देखिएको मौसमी रुघाखोकी फ्लु प्रकोप नियन्त्रणका साथै प्रभावित व्यक्तिको उपचारका लागि विशेष व्यवस्था गर्न तीनै तहका सरकारसँग आग्रह गरेको छ । 
 
काँग्रेस संसदीय दलको कार्यालयले आज एक विज्ञप्तिमार्फत सो क्षेत्रमा पर्याप्त औषधि तथा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि सरकार र सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएको हो ।

कर्णाली प्रदेशको हुम्लामा केही समय अघिदेखि देखिएको मौसमी रुघाखोकी फ्लु का कारण एक दर्जनभन्दा बढीले अकालमा नै ज्यान गुमाउनु परेको छ । 
 
विकट क्षेत्रमा फैलिएको फ्लु नियन्त्रण नभएका कारण र सो फ्लुबाट प्रभावित व्यक्तिको समयमै उचित उपचार नहुँदा हुम्लावासीले ज्यान गुमाउन परिरहेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 

विहीबार, १६ माघ २०७६, १८ : ००

प्रतिक्रिया