उपल्लो डोल्पामा झाडापखाला समस्या

मंगलबार, २१ माघ २०७६, १० : ३२

उपल्लो डोल्पाका स्थानीयवासी झाडापखालाको समस्याबाट पीडित बनेका छन् ।

चिसोका कारण आर्थिक अवस्था कमजोर र वृद्धवृद्धा मात्र उपल्लो डोल्पामा बस्ने गर्दछन् ।  डोल्पोबुद्ध गाउँपालिका–४  ताक्सी र  धोगाउँमा झाडापखालको समस्या देखापरेको हो । परम्परागत उपचार विधि आम्चीको भरमा उपचार हुँदै आइएको जनाइएको छ । 

दैनिक ५० भन्दा बढी स्थानीयवासी बिरामी हुने गरेका डोल्पोबुद्ध गाउँपालिका वडा नं ३ का वडा सदस्य लाप्कातेण्डुप लामाले जानकारी दिएका छन् । उनले स्वास्थ्यकर्मी पठाउन र उपचारको पहल गर्न आग्रह समेत गरे । 

गत मङ्सिर महिनामै औषधिको माग गरे पनि अहिलेसम्म नपाएको यहाँका स्थानीय तहले बताएका छन् । दैनिक भाडापखालाका बिरामीको सङ्ख्या बढ्दै गएको र  औषधि नहुँदा थप समस्या हुँदै गएको बताइएको छ  । हिउँले ढाँकेको यहाँका बस्तीका बिरामीको उपचार गर्न नै सकस भएको छ ।

मंगलबार, २१ माघ २०७६, १० : ३२

प्रतिक्रिया