कोरोना भाइरसको सङक्रमणबाट बच्ने सात तरीका

बुधबार, २२ माघ २०७६, १३ : ५९

विश्वभर कोरोना भाइरसको सङक्रमणले यति बेला बिश्वजगत नै डराइरहेको अवस्था छ ।तर हामीले विशेष रुपमा आफ्नो ख्याल राखयौ भने नत हामीलाई नै यसको डर हुन्छ नत अरुलाई नै  ।
।हामीले चिकित्सकको सल्लाह बमोजिम सरसफाईमा ध्यान दियौ भने हामी यसबाट बच्न सक्छौ ।

कोरोना भाइरसको संक्रमणका कारण चीनमा हाल सम्म ४९० मानिसको मृत्यु भइसकेको छ भने बिभिन्न देशरुमा पनि यसको सङक्रमण फैलिएको छ।

चीनको बुहानबाट सुरु भएको भाइरस बेइजिङ, मकाउ, ताइवान हुँदै धेरैतिर फैलिदैछ । अमेरिका, अष्ट्रेलिया, थाइल्यान्ड, दक्षिण कोरियासम्म फैलिएको छ । 

जसका कारण आममानीसमा यसको सनत्रास छ ।बिशेषत यो भाइसरबाट बच्नका लागी सरसफाइमा ध्यान दिनुपर्नै चिकित्सकको भनाइ छ ।

राम्ररी हात,खुट्टा धुने सहि तरीकाले हात धुन बानी बसालेमा उक्त जोखिमयुक्त भाइरसबाट बच्न सकिन्छ ।

हामी कुनै पनि वस्तु छोएमा अथवा कुनै काम गरीसकेको खण्डमा हामीले राम्रो सगँ सावुनले हात धुनु पर्नै चिकित्सकहरु बताउछन। साथै रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिएमा उक्त कोरोना भाइरसबाट बाट बच्न सक्छौ।


यी सात तरिकाले हात धुनुपर्ने :

१।हत्केला राम्रोसँग माड्ने।

२।हातको बाहिरी भाग साबुनले मिच्ने।

३।हत्केलाको बीचमा औंला–औंलामा साबुन लगाउने।

४।मुठी पारेर हातलाई चलायमान बनाउने।

५।प्रत्येक औंलालाई एक–एक गरी धुने।

६।हातको नङको भाग पालैपालो माड्ने।

७ नाडी वरिपरिसम्म राम्रोसँग धुने।


 

बुधबार, २२ माघ २०७६, १३ : ५९

प्रतिक्रिया