अनुपमा खुञ्जेली वर्षकै ‘बेष्ट वुमन म्यानेजर’

४ बर्ष अगाडि

अनुपमा खुञ्जेली यो वर्षको उत्कृष्ट महिला व्यवस्थापक बनेकी छिन् । नेपाल व्यवस्थापन संघको ३९ औं राष्ट्रिय व्यवस्थापन सम्मेलनका क्रममा संघले मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीलाई ‘बेष्ट वुमन म्याजेजर अफ दि इयर’को रुपमा सम्मानित गरेको हो । 


शुक्रबार संघले राजधानीको होटल याक एण्ड यतिमा उक्त सम्मेलन आयोजना गरेको थियो । सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले खुञ्जेलीलाई सो अवार्ड प्रदान गरेका हुन् ।

 
बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् । उनको व्यवस्थापकीय नेतृत्वमा सो बैंकले राम्रो वित्तीय कार्यसम्पादन गर्दै आएको छ । सोही कार्यसम्पादनका आधारमा खुञ्जेलीलाई त्यस्तो सम्मान गरिएको हो । 


उनी आएलगत्तै बैंकले टुरिजम डेभलपमेन्ट बैंक एक्वायर गरेको थियो भने अहिले गण्डकी विकास बैंकलाई एक्वायर गर्ने प्रक्रिया चलिरहेको छ । उनी मेगा बैंकमा संस्थापनादेखि नै क्रियाशील रहँदै आएकी छिन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया