बाध्यताले पद गुमाएका महरा र तुम्बहाम्फेका लागि फागुन ५ भाग्यशाली दिन : एकजना निर्दोष, अर्कोलाई मन्त्रीपद

सोमबार, ०५ फागुन २०७६, १५ : ४१

आफ्नो इच्छाविपरित बाध्यताले महत्वपूर्ण पद गुमाउनुपरेका संघीय संसदका दुई विशिष्ट व्यक्ति निवर्तमान सभामुख कृष्ण बहादुर महरा  र सोही कार्यकालकी उप सभामुख शिवमाया तुम्बाहाम्फेका लागि फागुन ५ गते भाग्यमानी दिन सावित भएको छ । 

महरा अदालतबाट निर्दोष सावित भएका छन् भने आजकै दिन तुम्बाहाम्फेले मन्त्री पद पाएकी छन् । 

महराले जवजस्ती करणीको आरोप लागेपछि पदबाट राजीनामा दिएका थिए । तुम्बाहाम्फेलाई भने उनलाई उपभामुख बनाएको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले राजीनामा दिन बाध्य बनाएको थियो । 

संसदमा बहुमतप्राप्त नेकपाले आफ्नैपार्टीबाट सभामुख बनाउन चाहेपनि संविधान अनुसार सभामुख र उपसभामुख एउटै पार्टीको हुन नमिल्ने भएपनि तुम्बाहाम्फेलाई राजीनामा दिन दवाव दिएको थियो । 

लामो समयसम्म पदबाट राजीनामा दिन नमानेकी तुम्बाहाम्फेले चौतर्फी दवावपछि राजीनामा दिएकी थिइन् । 

गम्भिर आरोप र पार्टीको दवावमा राजीनामा दिन बाध्य भएका उनीहरुले न्याय भने एकैदिन पाएका छन् । यो उनीहरु दुबैजनाका लागि संयोग हो । 
 

सोमबार, ०५ फागुन २०७६, १५ : ४१

प्रतिक्रिया