नेविसंघले समय मागेपछि स्ववियु चुनाव स्थगित

मंगलबार, ०६ फागुन २०७६, १९ : ०८

फागुन १४ गतेलाई घोषणा गरिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित भएको छ । 

नेपाल विद्यार्थी संघले समय मागेपछि स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) निर्वाचन स्थगित गरिएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । 

त्रिवि कार्यकारी परिषद्ले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका कार्यकारी निर्देशक गंगाबहादुर थापा मगरले जानकारी दिए।

विद्यार्थी संघ संगठनबीच सहमति नहुँदा निर्वाचन अनिश्चित बनेको थियो।

मंगलबार, ०६ फागुन २०७६, १९ : ०८

प्रतिक्रिया