संसोधन भयो बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन

४ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ काे पहिलाे संसाेधन विधेयक प्रतिनिधिसभाले स्विकृत गरेकाे छ ।  

प्रतिनिधिसभाको आजको बैठकले विधेयक स्वीकृत गरेको हो ।  

हिँजो मंगलबार विधेयकमाथीकाे छलफल सकिएपनि बैठकमा गणपूरक सङ्ख्या (कोरम) नपुगेको कारण निर्णयार्थ प्रस्तुत हुन सकेको  थिएन ।

व्यवस्थापिकाबाट पारित विधेयक व्यवस्थापिकाको सभामुखबाट उक्त विधेयक व्यवस्थापिकाको कुन मितिमा बसेको बैठकबाट पारित भएको हो सो मिति समेत उल्लेख गरी आफ्नो हस्ताक्षरले प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनु पर्छ । त्यसमा राष्ट्रपतिबाट प्रमाणीकरण (स्वीकृति) भएपछि विधेयकले ऐनको रूप धारण गर्छ । 

आजको बैठकमा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले ‘नागरिक लगानी कोष (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ र  शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले राष्ट्रिय खेलकूद विकास विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६’ सदनसमक्ष पेश गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया