दुर्घटनामा सीपी मैनाली घाइते

४ बर्ष अगाडि

माले महासचिव सीपी मैनाली सवार गाडी दुर्घटनाग्रस्त भएको छ । 

बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डीएसपी माधव बुढाथोकीलेजानकारी दिए । 

उनका अनुसार मैनाली बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएर दुर्घटना भएको हो । 

मैनालीको खुट्टा फ्याक्टर हुनुका साथै शरीरका विभिन्न स्थानमा चोट लागेको छ।  हाल बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेका उनलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको उनले जानकारी दिए ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया