नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले पत्रकार महासंघले मिडियामा समावेशीतालाई प्राथमिकता साथ उठाएको बताएका छन् ।
क्रियाशील दलित पत्रकार संघ नेपालद्धारा आज काठमाडौंमा आयोजित उपत्यका भेलामा महासचिव विष्टले मिडियामा सम्मानजनक उपस्थितिका लागि दलित समुदायका पत्रकारहरुले पेशागत र प्रतिश्पर्धी क्षमता विकासमा विशेष ध्यान दिनुपर्ने बताए ।
उनले नेपाल पत्रकार महासंघले आड्जोनले संख्यात्मक बृद्धिभन्दा गुणात्मक पक्षलाई ध्यान दिनसके संघको उद्देश्य पुष्टि हुने बताए ।
त्यस्तै , कार्यक्रममा संघका अध्यक्ष पवित्रा सुनारले एकतामै बल हुने भन्दै बलियो संगठन बनाउन दलित समुदायका पत्रकारहरुको गुणात्मक र सशक्त उपस्थितिका लागि संघले प्राज्ञिक कार्यमा आफ्नो ध्यान केन्द्रीत गरेको र यसका लागी क्रियाशील पत्रकारहरु गोलबद्ध हुनुपर्ने बताइन्।
साथै , दलित मिडिया प्रालिका शोभा सेन्जुरीको अध्यक्षतामा १५ सदस्यीय उपत्यका समन्वय समिति गठन भएको हो।
उक्त समितिको उपाध्यक्षमा जनता टेलिभिजनका एलबी विश्वकर्मा, सचिवमा नेपाल समाचारपत्र दैनिकको अनलाइन संस्करणका विष्णु परियार, सहसचिवमा दर्पण दैनिक अनलाइनका केशर विश्वकर्मा र कोषाध्यक्षमा नयाँ पत्रिका दैनिकका मञ्जु टेलर रहेका छन् ।
त्यस्तै ,सदस्यहरुमा राजधानी दैनिकका पुजा चदारा, उज्यालो रेडयो नेटवर्कका सम्झना विक, नाइस टेलिभिजनका सरस्वती सुनार, मुक्तिखबर अनलाइनका उमेश विक, क्यापिटल नेपालका अनिश मिजार, नयाँ नेपाल अनलाइनका सागर परियार, थाहा अनलाइनका जसिन्द्र श्रीपाइली, देश सञ्चार अनलाइनका पूर्णीमा विक, अर्थतन्त्र डट कमका बिक्रम सुनार र सुरज विक रहेका छन्।
प्रतिक्रिया