कीर्तिपुर महोत्सव वैशाखमा

आइतबार, १८ फागुन २०७६, १७ : ३५

कीर्तिपुर नगरपालिकाले स्थानीय उत्पादन, सामाजिक÷सांस्कृतिक पृष्ठभूमि, स्थानीय प्राकृतिक सम्पदा तथा चिनारीलाई थप उजागर गर्दै पर्यटकलाई आकर्षण गर्न आगामी वैशाखमा महोत्सव गर्ने भएको छ ।  विसं २०७७  वैशाख १६ देखि २० गतेसम्म  महोत्सव घोषणा गरिएको नगर प्रमुख रमेश महर्जनले बताए । 

उनका अनुसार उक्त महोत्सवबाट नगरको जनजीवन, सांस्कृतिक रहनसहन, मूर्तअमूर्त कलाकृति र सम्पदालाई विश्वमाझ उजागर गरसी आर्थिकसामाजिक क्षेत्रको विकास गर्ने लक्ष्य राखिएको छ । नगरपालिकाको समन्वयमा आयोजना हुने उक्त महोत्सवमा नेपाल पर्यटन बोर्ड तथा भ्रमण वर्ष सचिवालयसँग समेत सहकार्य गरिनेछ ।  

आइतबार, १८ फागुन २०७६, १७ : ३५

प्रतिक्रिया