ट्याक्सीमा छुटेको १० लाख फिर्ता दिने चालक सहित २१ जना सम्मानित

सोमबार, १९ फागुन २०७६, १३ : ५९

महानगरीय ट्राफिक प्रहरीले २१ जना टयाक्सी चालकहरुलाई सम्मान गरेको छ ।

विभिन्न समय र स्थानमा छुटेका नगद ,गरगहना र महत्वपुर्ण  सामानहरु महाशाखामा बुझाउने २१ चालकहरुलाई सम्मान गरेको हो ।

महाशाखाले युवराज राना मगर,यज्ञ प्रसाद  बराल,कुल बहादुर श्रेष्ठ,नन्दलाल नगरकोटी,सुनिल थापा मगर,अबदेश कुमार झा,प्रविन तामाङ,सुर्य बहादुर तामाङ, कृष्ण बहादुर खत्री, कृष्ण घिसिङ, नेत्र प्रसाद तामाङ, रामचन्द्र मोत्तान, रोएत बहादुर रोक्का, जम्क श्रेष्ठ, रिध बहादुर क्षेत्री, नविन सिग्देल, तुलसी राम खनाल, विष्णु आले, नेत्र बहादुर मगर, मनि श्रेष्ठ र निलहरि ढुगेंललाई सम्मान गरेको हो ।
 
उक्त अबसरमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले  नेतिकता र मानवीयता  र अनुशासन कमजोर भएको वर्तमान समयमा चालकहरुले देखाएको यो इमानदारिताले  समाजमा अरु मान्छेहरुलाई पनि प्रेरणाको स्रोत बनेको बताएका छन ।

सम्मानित भएका जुन चालक नविन सिग्देलले जसले अन्दाजी १० लाख ६६ हजार मूल्य पर्नेसुनको १३ तोला बराबरको गरगहना, ल्याप्टप थान १ थान, महत्वपुर्ण कागजपत्र भएको लगेज ब्याग  महाशाखामा बुझाएका थिए ।

गत आवको ०७६,०७७ मा  ट्रयाक्सीमा मात्रै ३९५ वटा सामान छुटेको निवेदन परेको थियो र ट्राफिक प्रहरीको सक्रियतामा अन्दाजी १ करोड ४८ लाख ६० हजार ३६५ मूल्य बराबरको सामान २८० जना सम्बन्धित सामान बुझाईसकेको महाशाखाले जनाएको छ ।

साथै  ५२ वटा सवारीको नम्बर खुल्न नआएकोले अनुसन्धान जारी रहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले जानकारी दिए 

सोमबार, १९ फागुन २०७६, १३ : ५९

प्रतिक्रिया