पोसाक उद्योग सञ्चालनमा आएपछि अभिभावक खुशी

सोमबार, १९ फागुन २०७६, १५ : १३

प्यूठान नगरपालिका–१० मरन्ठाना खरिबोटका विष्णु गिरीले निजी लगानीमा ‘राप्ती गण्डकी युनिफर्म उद्योग’ सञ्चालनमा ल्याएका छन्। सैनिक सेवाबाट अवकाश भएका  ४४ वर्षीय उनले २०६९ सालबाट उद्योग सञ्चालनमा ल्याएका थिए । उनले भने,“शुरुमा बुटवलमा उद्योग सञ्चालन गरे । राम्रोसंग सञ्चालन हुन नसकेपछि गत वर्षदेखि आफ्नै गाउँमै ल्याए । अहिले राम्रो चलेको छ । ”

विद्यालयका छात्रछात्रालाई आवश्यक पर्ने टाइ,बेल्ट, ट्र्याकसुट, टिसर्ट लगायतका पोसाक उद्योगमा उत्पादन हुन्छन् । ती सामग्री जिल्लाका  विद्यालय सहित छिमेकी जिल्ला रोल्पा, दाङ, अर्घाखाँची, बाग्लुङलगायतमा समेत विक्री हुने गरेको उनले जानकारी दिए ।  रु ३० लाख लगानी रहेको उद्योगमा  आठ जनाले रोजगारीसमेत पाएका छन् । हालसम्म रु आठ लाख आम्दानी लिएको उनले जानकारी दिए ।  अभिभावकलाई जिल्लामै उद्योग सञ्चालनमा आएसँगै सहज भएको छ । 

सोमबार, १९ फागुन २०७६, १५ : १३

प्रतिक्रिया