ललितपुरबाट बाघको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी विभाग पुल्चोकका सई मोहन बमको आदेशमा खटिएको प्रहरी टोलीले ओखलढुंगाका दिपेन तामाङ र संखुवासभाका रोशन कार्कीलाई एक थान बाघको छालासहित पक्राउ गरेको छ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी विभाग पुल्चोकले जानकारी दिएको छ ।
प्रतिक्रिया