नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा

शुक्रबार, २३ फागुन २०७६, ११ : १६

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१औँ वार्षिक साधारण सभा आह्वान गरेको  छ ।

कम्पनीको गत आवको मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २।८९ प्रतिशत नगद लाभांश वितरण गर्ने साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको साधारण सभा चैत्र २१ गते  एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे हुनेछ ।

शुक्रबार, २३ फागुन २०७६, ११ : १६

प्रतिक्रिया