कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ?

बुधबार, २८ फागुन २०७६, १३ : १९

 प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यअवस्था बारे आएको भ्रमपूर्ण  खबरको प्रधनमन्त्रीको सचिवालयले खण्डन गरेको छ ।

 सचिवालयले प्रमको स्वास्थ्य अवस्था सुधारोन्मुख अवस्थामा रहेका पनि स्पष्ट पारेको छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विभिन्न सञ्चारमाध्यमले प्रम ओलीको स्वास्थ्य अवस्था बिग्रिएको र सिंगापुर लैजाने तयारी भएको भनेर प्रकाशित समाचार १०१ प्रतिशत झुटो रहेको स्पष्ट पारेका हुन् ।

 
आज बिहान विभिन्न अनलाइन मिडियाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराव रहेको समाचार प्रकाशित गरेका थिए ।

 सल्लाहकार थापाले झुट र भ्रमको खेती नगर्न समेत आग्रह गरेका छन् ।
 

बुधबार, २८ फागुन २०७६, १३ : १९

प्रतिक्रिया