राप्रपा र राप्रपा संयुक्तबीच एकता

बुधबार, २८ फागुन २०७६, १४ : ४२

राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो । 
शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो । 

एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ । 

दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाइ र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइनेछ । 

यस्तै पार्टीको एजेण्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ ।

बुधबार, २८ फागुन २०७६, १४ : ४२

प्रतिक्रिया