नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ जिल्ला कमिटीले तीनमहिने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानको आज शुभारम्भ गरेको छ ।
शुभारम्भको अवसरमा विश्वमा महामारीका रूपमा फैलिरहको कोरोना भाइरस ९कोभिड–१९० बाट बच्नका आज बागलुङ बजारमा सचेतनात्मक अभियान सञ्चालन गरेको थियो ।
अभियानअन्तर्गत विश्वमा महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणको विषयमा नेकपा बागलुङले पर्चा छपाएर आम सर्वसाधरणका लागि सचेतना फैलाउँदै हिँड्ने नेकपा जिल्ला कमिटीका अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिए ।
“ पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियानका क्रममा कोरोना भाइरससम्बन्धी सचेतनासमेत प्रदान गर्नेछौँ”, सापकोटाले भने “शुभारम्भका अवसरमा बागलुङ बजारमा कोरोना भाइरसबाट बच्ने उपाय तथा लक्षणका बारेमा जनचेतना प्रदान ग(यौँ ।”
अभियानअन्तर्गत वडा तहसम्मका कार्यक्रम, भेटघाट तथा सदस्यता शुद्धीकरणलगायतका कार्य गरिने छ । कोरोना भाइरसको प्रकोपका कारण ठूला सभा तथा कार्यक्रम नगर्ने पार्टीको केन्द्रीय निर्णयानुसार भेटघाट तथा सङ्गठन सुदृढीकरणमा विशेष जोड दिने नेकपा जिल्ला इन्चार्ज बलावती शर्माले जानकारी दिए ।
प्रतिक्रिया