कोरोनाबारे छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्री काठमाडौंमा

आइतबार, ०२ चैत्र २०७६, १२ : ३१

बिश्वभर कोरोना भाइरसको संक्रमण फेलिरहेका बेला यस्को  रोकथामबारे स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सातै प्रदेशका मुख्यमन्त्रीहरुलाई काठमाडौं बोलाएका छन् ।

मुख्यमन्त्रीहरुसँग कोरोना भाइरसको संक्रमण रोकथामबारे भइरहेको गतिविधिको जानकारी लिन र एकीकृत कार्यक्रम तय गर्न छलफल बोलाइएको छ । छलफल दिउँसो १ बजे सिंहदबारमा हुँदैछ ।

सरकारले स्थलगत आवागमनका अन्तर्रा्ष्ट्रिय सीमा नाका बन्द गर्ने देखि उच्च संक्रमण भएको मुलुकसँगको उडान समेत रोकेको छ ।

प्रदेश सरकारहरुले पनि संघीय सरकारकै नीति अनुरुप कोरोना भाइरसको संक्रमण रोकथामबारे कार्य्विधि समेत बनाइसकेको छ ।

आइतबार, ०२ चैत्र २०७६, १२ : ३१

प्रतिक्रिया