५० करोडको राहत कोषमा प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाकाे तलव

आइतबार, ०९ चैत्र २०७६, २० : ५०

सरकारले कोरोना भाइरस विरुद्ध ५० करोड राशीको केन्द्रीय राहत कोष खडा गरेको छ । 

आइतबार बेलुका बसेको मन्त्रीपरिषद बैठकले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज बनाउका लागि राहत कोष खडा गरेको हो।

मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले शुरुमा सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर कोष खडा गरेको हो ।

सो कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब जम्मा गर्ने निर्णयसमेत भएको एक मन्त्रीले बताए । त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

आइतबार, ०९ चैत्र २०७६, २० : ५०

प्रतिक्रिया