कोरोना संक्रमित किशोरीमा शुरूमा कुनै लक्षण देखिएको थिएन,  परिवारपनि क्वारेण्टाइनमा

सोमबार, १० चैत्र २०७६, १३ : १९

काठमाडौंमा कोरोरना भाइरसकको संक्रमण भएकी किशोरीको परिवारलाई पनि क्वारेण्टाइनमा राखिएको छ ।  

फ्रान्सबाट फर्केकी १९ वर्षकी किशोरीमा कोरोना ‘पोजेटिभ’ भेटिएपछि उनको परिवारलाई पनि क्वारेण्टाइनमा राखिएको स्वास्थयमन्त्री भानुभक्त ढकालले बताए । 

अध्ययनका लागि फ्रान्स गएर कतार हुँदै ४ चैतमा फर्केकी उनलाई त्यसबेला उनीमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा थिईन्।

हिजो परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

साथै उनी फ्रान्सबाट आउदा चढेको हवाइजहाजका यात्रु सबैलाई सम्पर्क गरी सर्तकता अपनाउने रणनिति समेत सरकारले बनाएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए ।

सोमबार, १० चैत्र २०७६, १३ : १९

प्रतिक्रिया