काेराेना काेषमा पूर्वअर्थसचिव खनालले दिए एक महिनाकाे पेन्सन, ४१ हजारबाट रोजगरी गुमाएका मजदुरलाई राहत पाउने विश्वास

सोमबार, १० चैत्र २०७६, १३ : ३६

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले बनाएको कोषमा पूर्वअर्थसचिव रामेश्वर खनालले एक महिनाको पेन्सन बराबरको रकम दिने घोषणा गरेका छन् । 

खनालले चैत महिनाको मासिक निवृत्तिभरण ४१ हजार ७ सय ३१ रुपैयाँ दिने घोषणा गरेका हुन् । 

सामाजिक संजाल ट्वीटर मार्फत सो घोषणा गरेको खनालले सो रकमको प्रयोग रोजगरी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिने विश्वास व्यक्त गरेका छन् । 

आइतबार बसेको मन्त्रीपरिषद् बैठकले कोरोना भाइरसको नियन्त्रण गर्नको लागि ५० करोडको फण्ड बनाउने निर्णय गरेको थियो । 

त्यसमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब दिने घोषणा गरिसकेका छन् । 

सरकारले सो कोषमा स्वतफुर्त रुपमा रकम जम्मा गर्न सबैलाई आह्वान गरेको छ ।

सोमबार, १० चैत्र २०७६, १३ : ३६

प्रतिक्रिया