कैलालीमा पनि कर्फ्यू

सोमबार, १० चैत्र २०७६, १४ : ०४

भारतीय क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण आउन थालेपछि कैलालीमा अनिश्चितकालीन कर्फ्यू (निषेधाज्ञा) लगाएको छ।

जिल्ला सुरक्षा समितिको बैठकले सोमबार दिउँसो २ बजेपछि अर्को सूचना जारी नभएसम्मका लागि जिल्लाभर कफ्र्यू लगाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराका अनुसार निषेधाज्ञा अवधिमा मानिसहरु भेला हुन र सवारी साधन र आवत जावतमा पूर्ण निषेध गरिएको छ । 

उनका अनुसार विद्युत, खानेपानी दूरसञ्चार पेट्रोल पम्प, औषधिपसल र भोजनालयबाहेकका सबै पसलहरु समेत बन्द गरिने छन् । 

कञ्चनपुर जिल्लाले पनि आज बिहानैदेखि भोली मंगलबारसम्म निषेधाज्ञा जारी गरेको छ ।  

सोमबार, १० चैत्र २०७६, १४ : ०४

प्रतिक्रिया