कोभिड–१९ को प्रभाव :बुटवल अटो भिलेज बन्द

सोमबार, १० चैत्र २०७६, १४ : ३८

कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई ध्यान दिँदै बुटवल अटो भिलेज आजदेखि बन्द गरिएको छ । 

बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनको बैठकले चैत २२ गतेसम्म अटो भिलेज बन्द गर्ने निर्णय गरेको हो । 

अन्य देशमा महामारीको रूप लिएको कोरोनाबाट यो ठाउँ पनि उच्च जोखिममा रहेका कारण १३ दिनका लागि बन्द गर्ने निर्णय गरेको बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशन मैनाबगरका अध्यक्ष बाबुलाल पाण्डेले जानकारी दिए ।

 बुटवल अटो भिलेज मैनाबगर क्षेत्रमा करिब ६०० व्यवसायी रहेका छन् ।
 

सोमबार, १० चैत्र २०७६, १४ : ३८

प्रतिक्रिया