कोरोना रोकथाम कोषका लागी प्रकाश सपुतले दिए २ लाख

सोमबार, १० चैत्र २०७६, १५ : ३६

कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा गायक प्रकाश सपुतले २ लाख रुपैयाँ सहयोग गरेका छन् ।

प्रकाशले पत्रकार महासंघ बागलुङमा दुई लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

यतिबेला प्रकास कोरोनाबाट बच्न गाउ बागलुङ धम्जाको आफ्नै घर पुगेका छन ।त्यसै अबसरमा उनले दुई लाखको चेक हस्तातरण गरेका हुन।

।सरकारले आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले ५० करोड रुपैयाँ बराबरको कोरोना भाइरस संक्रमण रोकथामका लागि कोष स्थापना गरेको छ ।
 

सोमबार, १० चैत्र २०७६, १५ : ३६

प्रतिक्रिया