राष्ट्रियसभा उपाध्यक्षद्वारा कोरोना नियन्त्रण कोषमा एक महिनाको तलब

मंगलबार, ११ चैत्र २०७६, १० : ४९

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’मा एक महिनाको तलब प्रदान गरेकी छन । 

उपाध्यक्ष दाहालले सङ्घीय संसद्, सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गर्न निर्देशन दिइन् । 

उपाध्यक्ष दाहालले सरकारको निर्देशनको पालना गर्दै घरमै सुरक्षित बस्न पनि आग्रह गरेकी छन् ।  उनले कोरोना भाइरसको सङ्क्रमण जोखिम नेपालमा पनि रहेकाले सङ्क्रमणबाट आतङ्कित नभई सावधानी अपनाउन अनुरोध गरेकी छन । 

कोभिड–१९ को सङ्क्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैँक सिंहदरबार शाखाको खाता नम्बर १९६०००००११०१ मा  कोष स्थापना गर्दै रकम जम्मा गर्न आग्रह गरेको छ ।

उपचार कोषमा यसअघि प्रतिनिधिसभाका सभामुख तथा राष्ट्रियसभा अध्यक्षले  एकएक महिनाको तलब जम्मा गरेका थिए । 
 

मंगलबार, ११ चैत्र २०७६, १० : ४९

प्रतिक्रिया