केपी ओली सरकारलाई शेयर बजारको निरन्तर लाल सलाम

६ बर्ष अगाडि

काठमाडौँ । नयाँ सरकार गठन भएको एक साता पुग्न लाग्दा समेत शेयर बजारलाई लगानीकर्ताले पत्याएका छैनन् । केपी ओली नेतृत्वको नयाँ सरकार गठन भएको दिन ३६ अंकले बढेको बजार त्यसपछि लगातार घट्दै आएको छ ।

 नयाँ सरकार आएसँगै केही सुधार हुने संकेत देखिए पनि सरकार गठन तथा सरकारले लिने नीति तथा कार्यक्रमको विषयमा प्रष्ट नभएपनि बजार लगातार घट्दै आएको छ । सरकारले लिने निर्णय, बजारमैत्री हुन्छ कि हुँदैन वा लगानीमैत्री नीति अगाडि आउँछ कि आउँदैन भन्ने प्रतिक्षामा रहेका लगानीकर्ताले बजारलार्य विश्वास नगरेका कारण धितोपत्र बजार क्रमशः घट्दै गएको हो ।

बुधबार शेयर बजार करिब १० अंकले ओरालो लागेर एक हजार ३८७.०८ बिन्दुमा पुगेको छ । कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्चेन्जकाअनुसार कारोबार रकम मात्रै रु २८ करोड ५५ लाखमा सिमित भएको छ । स्टककाअनुसार बुधबार  सबै सूचक तथा उपसूचक ओरालो लागेर ओली नेतृत्वको सरकारलाई लाल सलाम गरेको छ ।

आज  सबैभन्दा बढी  ओम डेभलपमेन्ट बैंकको रु तीन करोड ५४ लाख बराबरको करोबार भएको छ । त्यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.८८ प्रतिशतले कमाएका छन् भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका शेयर धनीले ५.३८ प्रतिशतले गुमाए ।

बाणिज्य बैंक ८.८६, होटल १९.८२, विकास बैंक १२.५२, जलविद्युत्  १८.४३, फाइनान्स ५.५८, बीमा ३६.९८, उत्पादन ९.२८, अन्य ६.५२ र माइक्रोफाइनान्स ३.९ अंकले ओरालो लागेको छ । आज कुल सात लाख १३ हजार ६४२ कित्ता शेयर बिक्री भएको छ ।

देश संघीय संरचनामा गएको, संघीय सरकार गठन भएको अवस्थामा आगामी आथिृक नीति कस्तो होला भन्ने आम मानिसमा दुविधा रहँदै आएको छ । शेयर बजारका लगानीकर्ता निरन्तर दुविधामा रहेका कारण बजार आक्रामक रुपमा बढ्न नसकेको जानकारहरुको भनाइ छ ।

 

अर्थतन्त्रका स्वरुपहरु कस्तो हुने र सरकार कसरी चल्छ भन्ने कुरा अन्योलमा रहेकोले बजारमा लगानीकर्ताले विश्वास गरिसकेको अवस्था नरहेको नेप्सेका परिसूचकहरुले देखाएका छन् । यसलाई अर्को शब्दमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

शेयर बजार लगातार घटिरहँदा लगानीकर्ता घाटामा परेका छन् । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गरेपनि लगानीमैत्री नीति सार्वजनिक नगरेका कारण पनि बजारमा विश्वास बढ्न नसकेको बताइन्छ । त्यसो त अर्थमन्त्री को हुने भन्नेमा समेत आवश्यक निर्णय हुन नसक्दा समेत बजारमा सकारात्मक प्रभाव पर्न सकेको छैन ।

६ बर्ष अगाडि

प्रतिक्रिया