चीनतर्फका नाका खोेलेर चीनले दिएका सामान ल्याउने तयारीमा सरकार

बुधबार, १२ चैत्र २०७६, २० : ४३

सरकारले चीनतर्फको नाका खोलेर चीनले दिएका सामा ल्याउने तयारी गरेको छ । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले चीनतर्फको रसुवागढी  र तातोपानी नाका खोल्ने निर्णय गरेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालय र कृषि तथा पशुपन्छी विकास मन्‍त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने समितिले निर्णय गरेको छ । 
समितिका अनुसार यससम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छ । 

चीनमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएपछि दुबै नाका बन्द गरिएको थियो ।

नाका बन्द हुँदा नेपालका लागि हिँडेका कन्टेनरहरु बीच बाटोमा रोकिएको भन्दै व्यसवायीहरुले गुनासो गर्दै आएका थिए ।

चीनले पनि सामान आयात निर्यात सुचारु गर्नुपर्ने भन्दै नेपाललाई आग्रह गरेको थियो । सोमबार मन्त्रिपरिषद्बाट अन्तराष्ट्रिय नाकाहरु बन्द गर्ने निर्णय गर्दा पनि यात्रु आवागमन मात्र रोक्ने भनेको छ ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले चैत १५ देखि बन्द चिनियाँ नाका खुला गर्ने निर्णय गरेको हो । 

बुधबार, १२ चैत्र २०७६, २० : ४३

प्रतिक्रिया