कोषमा राधेराधेबाट रु १५ लाख सहयोग

बुधबार, १२ चैत्र २०७६, २२ : ३४

राधा माधव समिति, श्यामा श्यामा धाम, राधेराधे भक्तपुरले सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रु १५ लाख सहयोग प्रदान गरेको छ ।
    
कोभिड–१९ को सङ्क्रमण नेपालमा पनि देखिएपछि यसको रोकथाम एवं नियन्त्रणसंँगै सङ्क्रमितको उपचारका लागि सरकारले स्थापना गरेको उक्त कोषमा आज सो रकम जम्मा गरिएको समिति भक्तपुरका प्रेस संयोजक मुकुन्द अर्यालले जानकारी दिए । 
    
यसअघि पनि विद्यालयका विद्यार्थीदेखि विभिन्न समुदायमा पुगेर कोरोना भाइरसको रोकथामका लाथि जनचेतना, सरसफाइ र मास्क तथा स्यानिटाइजर वितरण गरी मानवीय सेवामा  समिति लागिसकेको छ ।
 

बुधबार, १२ चैत्र २०७६, २२ : ३४

प्रतिक्रिया