हेटौँडामा कालोबजारी

विहीबार, १३ चैत्र २०७६, १७ : ३२

वाग्मती प्रदेशको राजधानी हेटौँडामा कोरोना भाइरसका कारण देखाउँदै दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी र फलफूलको बिक्रीवितरणमा कालाबजारी बढ्दै गएको छ   दाल, तरकारी तथा फलफूललगायत सामान चर्को मूल्यमा  बिक्रीवितरण भइरहेको उपभोक्ताले  गुनासो  गरेका छन्  । 

हेटौँडाका विभिन्न चोक तथा गल्लीमा रहेका थोक तथा खुद्रा पसलमा सामानको अभाव बताउँदै महँगो मूल्यमा बिक्रिी हुने गरेको हेटौँडा उपमहानगरपालिका ४ का रामप्रसाद दाहालले बताए । 

किराना तथा तरकारीका थोक बिक्रेता श्याम कलवारले प्रत्येक सामानमा १० देखि ३० प्रतिशत मूल्य वृद्धि भएकाले आफूहरु  पनि सोही मूल्य बराबरमा बिक्रीवितरण गर्न बाध्य भएको बताए।   स्थानिय प्रशासनले कालोबजारी गरेको पाइएमा कारवाही गर्ने बताएको  छ  ।  पसलहरु बिहान  र साँझमा खुल्ने गरेकाले उपभोक्ताले मूल्यभन्दा बढी खरीदमा बढी जोड दिने  गरेको प्रा भरत महाजनले भने ।

यस्तै कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले घोषण गरेको लकडाउनले हेटौँडा बजार आज तेस्रो  दिन  पनि सुनसान देखिएको छ  ।  फाटफुट रुपमा केही मोटरसाइकल चले पनि सर्वसाधारण घर बाहिर निस्केका छैनन् । सुरक्षाका लागि  नेपाल प्रहरी र  सशस्त्र प्रहरीका टोली मुख्य बाटो तथा चोकमा  लागि खटिएका छन्  । सडकमा जथाभावी हिँड्नेलाई  घरमा बस्न सचेत समेत गराइएको छ  । स्थानीय प्रशासनले हेटौँडाका विभिन्न स्थानमा ५०० क्वारेन्टाइन कक्ष निर्माण गरी अस्पतालमा उपचारका लागि व्यवस्थासमेत  गरेको छ  ।  त्यस्तै हेटाँैडामा रहेका उद्योग, कलकरखाना तथा व्यावसायिक प्रतिष्ठानसमेत बन्द भएका छन्  । 
 

विहीबार, १३ चैत्र २०७६, १७ : ३२

प्रतिक्रिया