अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा रहेका ८ जनालाई तारेखमा छुटने भएका छन् ।
हालको विश्वव्यापी कोरोनाभाईरस ९कोभिड–१९० को सङ्क्रमणको जोखिममा पर्न नदिन ८ जनालाई धरौटी लिएर तारेकमा राख्ने निर्णय गरेको हो ।
कसूरको गाम्भिर्यता र अनुसन्धानको पूर्णता समेतलाई विचार गरी हुनसक्ने सजाय र हिरासतमा बसेको अवधिलाई मध्यनजर राख्दै ८ जनालाई छाडिने आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।
‘आयोगको हिरासतमा रहेका मध्ये हाल आठजनालाई हिरासतमा नराखी बाँकी अनुसन्धान पूरा गर्नेगरी धरौटी लिएर तारेकमा राख्ने निर्णय भएको छ’, आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
प्रतिक्रिया