चीनले दिने कोरोना परीक्षण सामग्री  शनिबार आउने

शुक्रबार, १४ चैत्र २०७६, २१ : २६

चीनको बुहानमा कोरोना भाइरसको महामारी फैलिएपछि बन्द नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी हुँदै कोरोना परीक्षणका लागि आवश्यक सामग्री शनिबार नेपाल भित्रने भएको छ ।

बिहीबार वा शुक्रबार आउने भनिए पनि प्राविधिक कारणवश अब शनिबार आउने जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले  जानकारी दिए ।

रु १८ लाख जम्मा हुने 

कोरोना भाइरस  संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत कर्मचारीले सात दिन बराबरको तलबको हुन आउने रकम रु ६  लाख ५८ हजार ८ सय ९ र शिक्षकबाट तीन दिन बराबरको तलबको हुन आउने रकम रु ११लाख ४४ हजार १ सय ३१ जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले जानकारी दिए ।

सवारी पासको दुरुपायोग गर्ने गाडी नियन्त्रणमा
 
सवारी पासको दुरुपयोग गरी यात्रु बोक्ने ल्यान्डकु्रजर गाडीलाई मेलम्ची प्रहरीले आज बिहान  मेलम्चीबाट नियण्त्रणमा लिएको छ ।
     
काठमाडाँैबाट पाँच पोखरी ,थाङ्पाल जाँदै गरेको उक्त गाडी नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए।

‘लकडाउन’ पूर्ण कार्यान्वयन
 
सिन्धुपाल्चोकमा ‘लकडाउन’ पूर्ण रुपमा कार्यान्वयन भएको छ । ‘लकडाउन’को चौथो दिन आज बजार सुनसान छ । जिल्लाका सबै ठाउँमा सुरक्षाकर्मी परिचालन भएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए।
 

शुक्रबार, १४ चैत्र २०७६, २१ : २६

प्रतिक्रिया