प्रहरी सुरक्षामा दुनी हाट बजारका व्यापारी हंस सिंहको पसलको लागि ट्रकबाट चामक ल्याइँदै गर्दा तीन महिला र दुई बालक कामको खोजीमा बजारमै थिए । कोरोना भाइरसबाट बच्न लकडाउन जारी हुँदा अरुको सामान बोकेर पैसा कमाउने मजदुरहरु समस्यामा परेका छन् ।
बाजुराको गौमुल गाउँपालिका–१ अम्लिस घर भइ हाल मार्तडीमा बस्ने ३० वर्षीया कम्पनी रोकाया कामको खोजीमा भौतारिरहेकी छन पारिवारिक आर्थिक अवस्था कमजोर भएकै कारण छोराछोरी पढाउन र गुजारा चलाउन सामान बोक्ने गरेको रोकायाले बर्ताइन। “आर्थिक कमजोर भएर नै ज्याला मजदुरीसँगै भारी बोकेर छोराछोरी र घरपरिवार चलाउने गरेको छु ।” उनले भनिन। रोकायाका दुई सन्तान छन् । श्रीमान् मार्तडीमै कसैको ठेक्का पट्टाका योजनामा काम गर्दै पैसा कमाउने गर्छन। दुवै सन्तानलाई पढाई खर्च र लुगा कपडा किन्न समेत पैसा नहुँदा ज्यालामा मजदुरी गर्दै भारी बोक्नुपर्ने बाध्यता रहेको रोकायाको भनाइ छ । उनि विहानै बजारमा जाने र दिभरी भारी बोकेर ल्याएको पैसाले चामल नुन, तेल लिएर मात्र चुलोमा आगो बल्ने गरेको छ ।
रोकायाजस्तै त्रिवेणी नगरपालिका–८ कालापानीकी गंगा गिरी पनि मजदुरीका लागि मार्तडी आएको करिव चार वर्ष बित्न लाग्यो । बजारमा कुन साहुको गाडी आयो भनेर कुरेर बस्ने गरे गिरीले अहिले खासै कमाइ नभएका कारण कोठा भाडा र ग्यास किन्नका लागि पैसाको अभाव भएको गिरीले दुखेसो पोखिन । गिरीलाई लकडाउन भन्दा पनि पैसा कमाउनमा बढी ध्यान छ । दिनमा कसैको भारी बोकेर ज्याला नपाएपछि रातभरी निद्रा समेत नलाग्ने उनि बताउछिन।
छोराछोरीलाई कसरी स्कुलमा पढाउने, उनीहरुलाई कहाँबाट कपडा किन्ने जस्ता चिन्ता हुने गरेको जनाउँदै उनले घरमा कमाउनेहरु गाउँको झगडा मुद्धामा कारागारमा सजाय भोग्दै आएकाले आफू एक्लैले परिवार चलाउन समस्या भएको बताइन । सात जनाको परिवार दैनिक ज्यालादारीमा काम नपाए भोकै बस्नुपर्ने बाध्यता रहेको गिरीले दुखेसो छ ।
रोकाया र गिरीजस्तै गौमुल गाउँपालिका–२ दहकोटकी सीता रोकायाको दैनिकी भारी बोक्ने र छोराछोरीलाई पढाइ खर्च जुटाउने हो । उनि मार्तडी बसेको दशक बित्यो । दशकदेखि नै भारी बोक्दै छोराछोरीलाई निजी क्षेत्रका विद्यालयमा अध्ययन गराउँदै आइरहेकी छन । घरमा कोही पनि जागिरे नभएपछि ज्याला मजदुरी गरेर नै घर खर्च चलाउनुपर्ने अवस्था रहेको रोकायाले बताइन ।
अरुको भारी बोक्दै जोहो गर्नुपर्दा मालबहाक ट्रकहरु नआउने भएपछि घर खर्च कसरी चलाउनेबारेमा चिन्ता बढ्न थालेको रोकायाले बताइन ।
मजदुरी गरेर जिवीकोपार्जन गर्नेलाई केही व्यवस्थापनका लागि बडिमालिका नगरपालिका छलफलमा रहेको सो नगरपालिकाका प्रमुख पदम बडुवालले बताए । उनले लकडाउन एक साता मात्र भएकाले तत्काल व्यवस्था केही नभएपछि यसबारेमा आवश्यक सहयोग गर्ने बताए । प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानले दैनिक मजदुरी गरेर खानेलाई हालसम्म केही व्यवस्था नभएको जनाए ।
प्रतिक्रिया