काठमाडौै – चौधरी समुह (सीजी)ले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्येनजर गर्दै बिभिन्न प्रदेश तथा जिल्लाका अस्पताललाई व्यक्तिगत सुरक्षा उपकरण (पीपीई ) सहयोग गरेको छ । चौधरी समुहले चौधरी फाउण्डेन मार्फत शुक्रबारदेखि सातै प्रदेशका बिभिन्न अस्पतालामा धमाधम यस्ता उपहरणहरु सहयोग स्वरुप वितरण गर्न सुरु गरेको हो ।
सीजीले शुक्रबार प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी र नवलपुरका प्रमुख जिल्ला अधिकारी तथा विभिन्न क्वारेन्टाइन सेन्टरलाई पीपीई र अक्सीजन जेनेरेशन अप्रेटस हस्तान्तरण गरेको छ । यस्तै, प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत मार्फत चौधरी समुहले त्यहाँका अस्पतालहरुलाई पीपीई हस्तान्तरण गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. पारस आचार्यलाई पनि पीपीई हस्तान्तरण गरिएको सीजीले जानकार दिएको छ ।
यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गा र प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे मार्फत प्रादेशिक अस्पताल समेतमा वितरण गर्ने गरी पीपीई हस्तान्तरण गरेको छ । साथै, कान्ति बाल अस्पताल महाराजगन्जका निर्देशक कृष्णप्रसाद पौड्याललाई पनि पीपीई हस्तान्तरण गरिएको छ । यसैगरि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरलाई पनि पीपीई हस्तान्तरण गरिएको छ ।
यस्तै, समुहले पर्वत र बागलुङका प्रमुख जिल्ला अधिकारीद्वय कल्पना घिमिरे नेपाल र गौलोचन सैंजूलाई सम्बन्धित जिल्ला अस्पतालहरूका लागि पीपीई प्रदान गरेको छ । यस्तै, रुकुम (पश्चिम)को जिल्ला अस्पतालका लागि श्रीकान्त कठायतलाई पनि उक्त सामग्री प्रदान गरिएको सीजीको भनाइ छ । पोखरास्थित मातृशिशु मितेरी अस्पतालकी प्रमुख प्रतिभा गौलीलाई पनि पीपीई हस्तान्तरण गरिएको छ ।







#कोरोना #corona
प्रतिक्रिया