सेनाको स्काइ ट्रकमा खुर्सानीकाे जस्ताे गन्ध आएपछि ...

सोमबार, १७ चैत्र २०७६, १२ : ३२

चीनबाट आएको स्वास्थ्य सामग्री र उपकरण बोकेर प्रदेश १ को विराटनगर र सुदूरपश्चिम प्रदेशको धनगढीका लागि उडेको नेपाली सेनाको स्काइ ट्रक त्रिभुवन विमानस्थलमा आकश्मिक अवतरण भएको छ । 

सोमबार बिहान ९ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थलबाट उडेको सो विमानभित्र खुर्सानीको जस्तो अनौठो गन्ध आएपछि १० मिनेटमै फर्किएर १० बजे त्रिभुवन विमानस्थल अवतरण भएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका एसपी दानबहादुर मल्लले विमान अवतरण भएको भएपनि थप जानकारी नभएको बताए । 

चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्क लगायतका सामानहरु नेपाल सरकारलाई आइतबार नै हस्तान्तरण गरेको  थियो ।

सोमबार, १७ चैत्र २०७६, १२ : ३२

प्रतिक्रिया