खाद्य उद्योगमा आगलागी, करिव रु २ करोड  क्षति

मंगलबार, १८ चैत्र २०७६, १५ : २०

भरतपुर महानगरपालिका वडा नं ४ लंकुमा रहेको सारस फुड उद्योगमा विद्युत चुहावट भइ आगलागी हुँदा करिव रु २ करोड बराबरको क्षति भएको छ । 
     
आगो  नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । व्यवसायी रेखा अग्रवालले सञ्चालन गर्नुभएको सो उद्योगमा आज बिहान आगलागी भएको थियो  । आगो निभाउन पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए । 
 

मंगलबार, १८ चैत्र २०७६, १५ : २०

प्रतिक्रिया