काेराेना उपचार काेषमा पूर्वराजाको २ करोड सहयोग, ज्यानकाे पर्वाह नगरी खटेकाे भन्दै चिकित्सक देखि पत्रकार प्रति आभार

मंगलबार, १८ चैत्र २०७६, २० : ०६

सरकारी र गैर सरकारी कोषका लागि पूर्वराजा ज्ञानेन्द्रले २ करोड जम्मा गर्ने घोषणा गरेका छन् । सरकारले बनाएको कोरोना उपचार कोषमा  हिमानी कोमार्फत २ करोड करोड जम्मा गर्ने उनले घाेषणा गरेका हुन्।

‘दुःख–कष्ट र आपत–विपदको यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रोतर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’ मा दाखिला गर्न बुझाएका छौं ’, पूर्वराजा शाहले मंगलबार एक  प्रेस वक्तव्य निकालेर भनेका छन् । 

राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी पक्षबाट भैरहेको कामको प्रसंशा गर्दै यसलाई अझै प्रभावकारी बनाउनुपर्ने उनले बताएका छन् । 

विश्वमा अहिले देखापरेको कोरोना भाइरसको महामारीले सिंगो मानव सभ्यता र विकासलाई नै गम्भीर चुनौती दिएको भन्दै उनले मानव अस्तित्व रक्षाका निम्ति भइरहेको पहलप्रति सम्वेदनशील हुँदै सबैले आ–आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भभएको बताएका छन् । 

उनले मूलुकमा घोषणा भएको कडाउनलाई बाध्यात्मक कदम भन्दै यसको पालना गरिनुपर्ने बताएका छन् ।
‘यो अवस्थाबाट मुक्त हुन  ‘लकडाउन’ नै बाध्यात्मक अनिवार्यता भएको हामी सबैले बुझेका छौँ र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ’, उनले भनेका छन् । 

यो बेला आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मी तथा नेपाली सेना ,नेपाल प्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर  योगदान पुर्‍याउने सञ्चारकर्मी एवं पत्रकारहरूप्रति पनि पूर्वराजाले आभार प्रकट गरेका छन् । 

आम नेपालीले दुःखको घडीमा अभाव र समस्या सहेर पनि कोरोेका विरुद्ध लड्न अनुशासन तथा धैर्यता दर्शाएको भन्दै पूर्वराजाले यसको उच्च सराहना गर्ने बताएका छन् ।

मंगलबार, १८ चैत्र २०७६, २० : ०६

प्रतिक्रिया