उपत्यकाको ६ ठाउँबाट नेपाल ग्यास बिक्री गरिदैं, कुन कुन ठाउमा पाइन्छ ग्यास ?

बुधबार, १९ चैत्र २०७६, १० : ४८

काठमाडौं – नेपाल ग्यास उद्योगले काठमाडौं उपत्यकाको ६ ठाउँबाट ग्यास बिक्री गर्नेे भएको छ । उद्योगले मंगलबार नै एक जरुरी सुचना जारी गर्दै बुधबारदेखि तोकिएको स्थानबाट ग्यास बिक्री गर्ने बताएको हो ।
कम्पनीले आज चावहिल चोक र बाफल चोकबाट ५६०÷५६० सिलिन्डर बिक्री गर्ने बताएको छ । यस्तै, बिहीबार कोटेश्वर चोक र बानियाटार चोकबाट ५६०÷५६० ग्यास सिलिन्डर बिक्री गर्ने कम्पनीको भनाइ छ । यसैगरि शुक्रबार भनिमण्डल चोक र महाराजगन्ज चोकबाट पनि ५६०÷५६० ग्यास बिक्री गर्ने कम्पनीले बताएको छ ।
लकडाउनका कारण उपभोक्तालाई तोकिएको बिक्री केन्द्रमा जान ग्राहो हुने भएपछि यस्तो व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।  


 

बुधबार, १९ चैत्र २०७६, १० : ४८

प्रतिक्रिया