कालीमाटी तरकारी बजारमा अत्यधिक भीड देखिन थालेको छ । सरकारले २५ जना भन्दा जम्मा हुन रोक लगाएको भएपनि कालिमाटीमा देखिएको भिडले अत्तालिनुपर्ने स्थिति सृजना गरेको हो ।
काँग्रेस नेता नवीन्द्रराज जोशीले कालीमाटीमाा लगभग १ पटकमा १०० देखि २००को संख्यामा तछाडमछाड गर्दै गएको देखिएको भन्दै यसबाट स्थानीयहरु त्रसित बनेको बताएका छन् ।
काँग्रेस नेता नवीन्द्रराज जोशी यस्तो अवस्था रोक्न विभिन्न सुझाव दिएका छन् । उनले तरकारी बजारलाई दुईभागमा बिभाजित गरेर एकपटकमा २५ जना भनदा बढी मानिसहरु नपठाउने र निश्चित दुरी कायम गर्न सुझाव दिएका छन् ।
त्यस्तै तरकारी विक्रेताहरुले पञ्जा र माक्स अनीवार्यरुपमा लगाउने र स्यानिटाइज गर्ने, तरकारी किन्न जानेहरुले पनि पञ्जा माक्स र स्यानिटाइज गर्ने , रकारी बजार व्यवस्थापन समितिले ट्याङ्कीमा पानी ,साबुन र स्यानिटाइजको व्यवस्था गर्ने र समदूरीका निम्ति रेखा कोर्ने जस्ता सुझाव दिएका छन् ।
यसैगरी यी सुझावहरु भोलि बिहानैबाट कार्यान्वयनका निम्ति सबैमा आग्रह सहित सरकार समक्ष माग गरेका छन् ।
प्रतिक्रिया