काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि बनाइएको सरकारी कोषमा नेपाल दुरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ । प्राधिकरणको बुधबार बसेको बोर्ड बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त कोष खडा गरेको थियो । हाल उक्त कोषमा बिभिन्न धनाढ्य व्यक्ति, फाउडेशन, बैंक तथा बीमा कम्पनीहरुले सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया