काठमाडौं – महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमखु कार्यकारी अधिकृति (सीईओ) रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो २ महिनाको तलव भक्ता सहयोग गर्ने घोषणा गरेका छन् । भट्टराईले बिहीबार एक विज्ञप्ती जारी गर्दै यस्तो घोषणा गरेका हुन् ।
हालको लकडाउन खुलेपछि तत्काल आफ्नो दुई महिना बराबरको तलव भक्रा उक्त कोषमा जम्मा गरिदिने उनले बताएका छन् ।
कोरोना भाइरसको बढ्दो प्रकोपलाई दृष्टिगत गर्दै सरकारले उक्त कोष खडा गरेको थियो । हाल उक्त कोषमा बिभिन्न धनाढ्य व्यक्ति, फाउडेशन, बीमा कम्पनी बैंकहरुले सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया