कोरोना भाइसरसंग जुध्न नेपाल सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग

विहीबार, २० चैत्र २०७६, १६ : २९

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले संसारका प्रायः सवै देशहरुलाई आक्रान्त बनाई रहेको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुममा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्य कर्मीहरुको अथक प्रयासले हाल सम्म मानवीय संकट आई सकेको छैन । 

विश्वव्यापी रुपमा निम्तिएको यस किसिमको महामारीको रोकथाम तथा औषधोपचारमा सहयोग पुर्याउन सरकारले स्थापना गरेको कोरोना भाईरस  संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा सुनचाँदी ब्यवसायी महासंघ तत्काल रु १५,००,००० (पन्ध्र लाख) रुपैयाँ सहयोग उपलब्धगराएको छ । साथै यस्तो विकराल अवस्थामा आगामी दिनहरुमा पनि महासंघले सरकारसँग हातमा हात मिलाउँदै आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामाग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसंग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्य सामाग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ । 

विश्वमै कोरोना भाईरसका कारण आर्थिक तथा मानवीय क्षती भईरहेको अवस्थामा नेपालमा यसको असर कम गर्दै मानवीय संकट आउन नदिन संघीय, प्रादेशिक तथा स्थानीय सरकारसंग थप समन्वय तथा प्रभावकारीताको अपेक्षा गर्दै सरकारले जारी गरेका सम्पूर्ण निर्देशनहरु पालना गर्न महासंघ सवैसंग आग्रह गरेको छ । यस्तो विसम परिस्थितिमा आफ्ना जिल्ला तथा नगर सदस्यहरुलई पनि सक्दो सहयोग गर्न पनि आग्रह गरेको छ ।
 

विहीबार, २० चैत्र २०७६, १६ : २९

प्रतिक्रिया