विदेशी भित्रँदा स्थानीयमा त्रास

विहीबार, २० चैत्र २०७६, १९ : ५३

–सुभानु आचार्य

महालक्ष्मी नगरपालिका वडा नं ४ को अजिजिया मस्जिदमा हिजो साँझ १३ इण्डोनेशीयाका नागरिक भित्रिएकोबारे स्थानीयवासीले नगरपालिकालाई जानकारी दिएका छन् । इमाडोलका स्थानीयवासीले आज बिहान नगरपालिकाका प्रमुख र उपप्रमुख समक्ष उक्त कुराको जानकारी गराएपछि आफूहरुलाई थाहा भएको उपप्रमुख निर्मला थापाले जानकारी दिइन् । 

राजदूतावाससँग सम्पर्क गरी पठाउने भन्ने विषयमा छलफल भइरहेको छ ।” आज दिउँसो ४ बजेसम्म उनीहरु इमाडोलमै रहेको भएपनि साँझपख गोदावरी नगरपालिकाको गोदावरी भिलेज रिसोर्टमा राखिएकोमा स्थानीयले त्यसको विरोध गरेका छन् । 

मुस्लिम आयोग नेपालका अध्यक्ष समिम मियाँ अन्सारीले नगरपालिका प्रमुखलाई नै उनीहरुको व्यवस्थापन गरिदिन आग्रह गरेको बताए । उनीहरु गत जनावरी २१ मा इण्डोनेसियाबाट मुस्लिम धर्म प्रचारको समूहमार्फत काठमाडौँ आइबसेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सप्तरी र कञ्चनपुरको धार्मिक कार्यक्रममा सहभागी भई चैत १९ गते काठमाडौँ माछापोखरी मस्जिद बस्न आउँदा स्थानीयले  विरोध गरेको ललितपुरका प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । 

विरोधपछि त्यहाँका प्रहरीले बुझ्दा र सल्लाह गर्दा जामे मस्जिदका पदाधिकारीको सल्लाहमा बुधबार प्रहरीले इमाडोल ल्याइदिएको उनले बताए । उनीहरुको ज्वरो नाप्दा हाललाई सामान्य नै रहेको राईले जानकारी दिए । 
 

विहीबार, २० चैत्र २०७६, १९ : ५३

प्रतिक्रिया