कस्कीका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान

शुक्रबार, २१ चैत्र २०७६, १६ : ०८

नेपाल पत्रकार महासंघ कास्कीले पोखराका क्रियाशील पत्रकारलाई आधारभूत स्वास्थ्य सामग्री प्रदान गरेको छ । 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको सहयोगमा महासंघले पत्रकारलाई उक्त सामग्री प्रदान गरेको हो । 

कोभिड– १९ को संक्रमणबाट जोगिन स्थलगत रिपोर्टिङमा  खटिएर समाचार संकलन गर्ने  करीब ६० पत्रकारलाई आवश्यक  स्यानिटाइजर, मास्क र पञ्जा प्रदान गरिएको महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए

गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले कोरोना महामारीका बारेमा सही र सूचना दिएर नागरिकलाई सुसूचित गराउने पत्रकार पनि यतिबेला जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाएर समाचार संकलन गर्नुपर्ने बताए । 

डा शर्माका अनुसार गण्डकी  प्रदेशका विभिन्न १४ स्थानमा  १३३ सघन उपचार कक्ष र  ५४ भेन्टिलेटर छन् । प्रदेशमा तीन हजार ७४९ क्वारेन्टाइन बनाइएको छ ।  दुई सय ५८ जना हाल क्वारेन्टाइमा छन् भने एक हजार ८५ होम क्वारेन्टाइनमा छन् ।

 त्यस्तै १७७ आइसोलेशन बेड रहेकामा पाँच जनालाई आइलोशनमा राखेर उपचार गरिएको छ ।  कोरोना सम्बन्धी पोखराका चार  अस्पतालमा नमूना संकलन गर्ने कार्य भइरहेको पनि उनले बताए ।   
 

शुक्रबार, २१ चैत्र २०७६, १६ : ०८

प्रतिक्रिया