कपिलवस्तुमा आगलागी हुँदा ३९ घर नष्ट

शुक्रबार, २१ चैत्र २०७६, २० : ०३

विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ ।  गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको  घरमा छोई आगलागी शुरु भएको थियो ।  आगोले गाउँका पूरै घर जलेका छन् ।   
गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो । आगोबाट कुनै पनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिए  ।

आगलागीबाट करीब रु  एक करोडको नोक्सान भएको स्थानीयवासीले बताएका छन् । अग्निपीडतको वास्तविक क्षति विवरण प्रहरीले संकलन गरिरहेको छ । अग्निपीडितहरुको राहतका लागि विजयनगर गाउँपालिकाले व्यवस्थापन गरिरहेको वडा नंं १ का  वडाध्यक्ष इन्दर थारुले जानकारी  दिए ।

कृष्णनगर नगरपालिकाको दमकल बिग्रेकाले तौलिहवाको दमकल आउन ढिलाइ भएको थियो । पूरै गाउँ खरानी भएपछि तौलिहवाको दमकल गुगौली पुगेको थियो । तौलिहवा   र गुगौलिको दूरी करीब ५० किलोमिटर  छ ।

शुक्रबार, २१ चैत्र २०७६, २० : ०३

प्रतिक्रिया