विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि सनराइज बैंक लिमिटेड प्रादेशिक कार्यालयले ५० थान व्यक्तिगत सुरक्षा सामग्री पिपीइ सहयोग गरेको छ ।
नराइज बैंक गण्डकी प्रादेशिक कार्यालयका प्रमुख रवीन्द्र केसीले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन ।
केसीले गण्डकी प्रदेशमा दिनप्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढिरहेकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सेवामा खटिने सबैको सुरक्षाका लागि बैंकको प्रादेशिक कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराएको बताए ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सनराइज बैंकबाट प्राप्त भएको यी सामग्री नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललाई पाँच÷पाँच थान र सामाजिक विकास मन्त्रालयलाई ३० थान हस्तान्तरण गरिने बताए ।
उनले अहिलेको यो जटिल अवस्थामा सबैले आ–आफ्नो ठाउँबाट सामाजिक उत्तरदायित्व बहन गर्दा कोरोनाविरुद्ध लड्न सकिने बताए ।
उनले सरकारले आवश्यक स्रोत, साधन, सुरक्षा र जनशक्तिको व्यवस्थापन गरी सुरक्षित भरपर्दो र विश्वसनीय प्रबन्ध मिलाएको समेत जानकारी दिए ।
यो महामारीबाट आफ्नो सुरक्षाका साथसाथै मानवजातिकै सुरक्षाका लागि सरकारले जारी गरेको लकडाउन र अन्य आवश्यक निर्देशनहरु पूर्णरूपले पालना गर्न समेत मुख्यमन्त्री गुरुङले सबैलाई आग्रह गरे।
बैंकका प्रमुख कार्यकारी निर्देशक जनक शर्मा पैड्यालले यो समयमा स्वास्थ्यकर्मीका लागि पिपीइको सबैभन्दा ठूलो आवश्यकता रहेकाले दुई हप्तासम्म पिपीइको खोजी गरेर सहयोग गरेको बताए ।
प्रतिक्रिया