धनगढी जेसिज परिवारले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि रु तीन लाख बराबरको खाद्यान्न सहयोग गरेको छ ।
धनगढी जेसीजका अध्यक्ष श्याम पाठकका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतको विपद् व्यवस्थापन समितिलाई १५० बोरा चामल, २४ बोरा दाल, ५२ बोरा सोयाविन, दुई बोरा चिउरा, दुई बोरा भुजा, ३४ कार्टुन तेललगायतका खाद्यान्न सामग्री प्रदान गरेको हो ।
बाह्वन साझेदारी वन व्यवस्थापन समितिले अतिविपन्न तथा गरिब परिवारलाई भन्दै विपद् व्यवस्थापन समितिलाई रु एक लाख ५० हजार सहयोग गरेको छ ।
साना किसान सहकारी संस्थाले लकडाउनका कारण छाक टार्न समस्या भएका व्यक्ति र परिवारका लागि १० क्विन्टल चामल सहयोग गरेको छ ।
यस्तै धनगढीस्थित ऐश्वर्य बहुमुखी क्याम्पसले रु ४५ हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
राहत सामग्री खरिदका लागि धनगढी जेसीजका उपाध्यक्ष मनिष कँुवरको संयोजकत्वमा थालिएको आर्थिक सहयोग सङ्कलन अभियानमा हाल अमेरिकामा बसोबास गर्ने धनगढी जेसीजका पूर्वसदस्य रोहित भट्टले रु एक लाख १७ हजार सहयोग गरेका छन ।
प्रतिक्रिया