नेपाल उद्योग परिसँघद्धारा  १० टन खाद्यान्न सहयोग

शनिबार, २२ चैत्र २०७६, २१ : ०६

नेपाल उद्योग परिसँघले खाद्य उद्योगका मजदुरलाई सहज आवागमनका लागि माग गरेको छ । साथै उद्मोग परिसँघले सरकारलाई खाद्यान्न सहयोगको पनि माग गरेको छ ।

लकडाउनको समयमा  न्यून आय भएका व्यक्तिहरूलाई सहयोग गर्न  नेपाल उद्योग परिसंघले वागमती प्रदेश सरकारलाई १० टन खाद्यान्न हस्तान्तरण गरेको छ ।

 उद्मोग परिसंघ, वागमती प्रदेश संयोजक ऋषिराम घिमिरेले  मुख्यमन्त्री डोरमणि पौडेललाई आज शनिबार खाद्यान्न सामाग्री हस्तान्तरण गरेका हुन्  ।

दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्री रहेका एक हजार थान प्याकेट हस्तान्तरण गरिएको परिसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपालका सवै प्रदेश लगायत काठमाडौं,ललितपुर तथा भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराइने परिसंघले जनाएको छ।

परिसंघले आफ्ना सदस्य प्रतिष्ठानलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानको आपूर्तिलाई दुरुस्त राख्न समेत आग्रह गरेको छ। 

 उद्मोग परिसंघले खाद्यान्नका उद्योग सहज रुपमा संचालन ल्याउन र मजदुरलाई सहज आवागमनका लागि समेत सरकारलाई सहजीकरणका लागि आग्रह गरेको छ

शनिबार, २२ चैत्र २०७६, २१ : ०६

प्रतिक्रिया