कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गुल्मी जिल्लामा कर्फ्यूको आदेश जारी गरिएपनि पालना नभएको भन्दै जिल्ला प्रशासन कार्यालयले बाहिर निस्कनेलाई तत्काल समाएर कार्बाही चलाउने भएको छ ।
सरकारले लकडाउनको घोषणा र जिल्ला प्रशाशनले चैत १७ देखि निषेधाज्ञा (कर्फ्यूको) जारी गरेपनि स्थानीयले उल्लंघन गरेपछि जिल्ला प्रशासन कार्यालयले उल्लंघन गरेर हिँड्नेहरुको बारेमा जानकारी गराउन आग्रह गरेको हो ।
चैत महिनामा भारत लगायतका अन्य विदेशीे मुलुकबाट आउनेहरु क्वारेण्टाइनमा नबसी बाहिर डुल्ने गरेकोले बाहिरबाट अउनेहरु क्वारेण्टानइनमा नबस्ने, समूह बनाइ खेलकुद खेल्ने, बिहान र बेलुका समूहमा हिँड्ने गरेको पाएमा सम्बन्धित स्थानीय तह वा प्रशासनमा खबर गर्न प्रशासनले आग्रह गरेको छ ।
उनीहरुलाई पक्राउ गरी संक्रमक ऐन २०२० अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।
प्रतिक्रिया