कोरोना भाइरस : अमेरिकामा एकै दिनमा चार नेपालीको निधन

आइतबार, २३ चैत्र २०७६, २० : १५

कारोना भाइरसका कारण अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार निधन भएको छ । यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ ।

 हिजो शनिबार थप चारजनाको निधन भएको हो । यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे बिष्ट, निमा टेम्बा शेर्पा र अजयमान छोचु रहेका छन् ।  सबै न्युयोर्कमा बस्दै आइरहेका थिए  । 

निधन भएकाको  परिवार र स्थानीय सङ्घसंस्थाका प्रतिनिधिसँग समन्वय गरेर अन्तिम संस्कार गरिने जानकारी मेरिल्यान्ड राज्यसभाका विधायक ह्यारी भण्डारीले राससलाई बताए । 
 

आइतबार, २३ चैत्र २०७६, २० : १५

प्रतिक्रिया